छिमेक लघुवित्त सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

५ पुष २०७८, सोमबार १२:४३

काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (पुस ६ गते) अन्तिम दिन रहेको छ । एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश प्राप्त गर्न भोलिसम्म कायम हुनुपर्नेछ ।

यी तीन कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस ७ गते बुक क्लोज गर्ने भएसँगै पुस ६ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।

एनएमबि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १२ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सोही प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २२ गते २६औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

त्यस्तै, गणपति लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको लागि प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस १७ गते पाँचौ वार्षिक साधारण सभा आव्हान गरेको छ ।

साथै छिमेक लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश कम्पनीको पुस २३ गते २०औं वार्षिक साधारण सभा मार्फत पारित भई शेयरधनीहरुमा वितरण हुनेछ ।

यी तीन कम्पनीको लाभांश पाउन बुकक्लोजको अघिल्लो अर्थात् भोलिसम्म नेप्सेमा कारोबार भई कायम हुनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*