रिलायन्स फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

५ पुष २०७८, सोमबार ११:३१

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको पुष २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजी ९१ करोड ५६ लाख रुपैयाँको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*