सानिमा बैंकको सिइओमा निश्चलराज पाण्डे नियुक्त

५ पुष २०७८, सोमबार १०:३२

काठमाडौं । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । कम्पनीको पुष २ गते बसेको संचालक समितिको बैठकले पाण्डेलाई सो पदमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ ।

सो पदमा रहेका भुवन कुमार दाहालको कार्यकाल माघ ११ गते सकिने हुँदा उक्त बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई माघ १२ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि सिइओमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*