एलआईसी इण्डियाको आईपिओ यो वर्ष नआउने, यस्तो छ पछिल्लो अवस्था

६ पुष २०७८, मंगलवार १२:२५

काठमाडौं । भारतीय सरकारको स्वामित्वमा रहेको भारतीय जीवन बीमा निगम (एलआईसी) को आईपिओ यस वर्ष नआउने निश्चित भएको छ । भारतको मूल्याङ्कनमा ढिलाईको कारण आगामी नयाँ बर्षमा आउने भनिएको आईपीओ नआउने निश्चित देखिएको छ ।

आर्थिक वर्ष २०२२ को मार्च सम्ममा आईपीओ जारी गर्ने भनिएकोमा मूल्याङ्कनमा भएको ढिलाईकोे कारण उक्त अवधिसम्म आईपीओ नआउने निश्चित भएको भारतीय सञ्चाल माध्यम इण्डियन एक्सप्रेसले जनाएको छ ।

कम्पनीको मूल्याङ्कनमा सोचेभन्दा बढी समय लाग्ने र पूर्व तयारीको काम पूरा हुन नसकेकाले सरकारले चालु आर्थिक वर्ष २०२२ आईपीओ ल्याउने सम्भावना टरेको जनाइएको छ ।

कम्पनीको मूल्याङ्कनका सन्दर्भमा अझै पनि केही समस्याहरु समाधान गर्न आवश्यक रहेको एक मर्चेन्ट बैंकका अधिकृतले बताएका छन् । मूल्याङ्कन प्रकृया बाँकी रहे पनि अन्य नियामक प्रकृयामा पुगेको उक्त अधिकारीले बताएका छन् ।

भारतीय शेयर लगानीकर्ताहरुमा केही दिन अघि सेयर बजार अस्थिर भइरहेको अवस्थामा आइपीओ निष्काशन गर्ने बारे बृहत छलफल समेत भएको थियो । तर अन्ततः यो आर्थिक वर्षमा आइपीओ जारी नहुने भएको छ ।

कम्पनीको मूल्याङ्कनका आधारमा अझै पनि केही समस्याहरू समाधान गर्न आवश्यक रहेको र मूल्याङ्कन पछि पनि धेरै नियामक प्रक्रियाहरू पूरा गर्न बाँकी रहेको कुरा मर्चेन्ट बैंकका वरिष्ठ अधिकारीले बताए ।

प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) को लागी भारतीय धितो सम्बन्धी काम गर्ने विनिमय बोर्ड (सेबी) र भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीआई) को स्वीकृति चाहिन्छ । यी दुबै निकायबाट स्वीकृत नभएका कारणले पनि भारतीय जीवन बीमा कम्पनी एलआईसीको आईपीओ जारी हुन ढिलाई भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*