आइपीओ प्रस्ताव सहित वन ओ वनको साधारण सभा पुस २३ गते

५ पुष २०७८, सोमबार ०६:३०

काठमाडौं । वन ओ वन कम्पनी लिमिटेडको १०औं वार्षिक साधारण सभा पुस २३ गतेका लागि बोलाएको छ । सभा बञ्जला मस्कोभा रेष्टुरेन्ट, नक्साल काठमाडौंमा दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ दशमलव ७५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।साथै, उक्त सभाले अन्य प्रस्तावमा आईपीओ जारी गर्ने, रिक्त सञ्चालक समितिको निर्वाचन गर्ने, दिव्यश्वरी हाइड्रोपावर कम्पनीमा रहेको शेयर विक्री गर्ने लगायतका कार्यसूचि रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*