निर्धन उत्थान लघुवित्तको लाभांश पाउन बुकक्लोजको मिति तय

४ पुष २०७८, आईतवार १७:३३

काठमाडाँैं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रयाजनको लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति तय गरेको छ ।

कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले पुष २५ गते हुन लागेको २३ औं वार्षिक साधारण सभा प्रयोजन तथा लाभांश वितरणका लागि पुष १३ गतेदेखि पुष २५ गतेसम्मको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुष १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट कायम चुक्तापूँजी १ अर्ब ६९ करोड ५० लाख रुपैयाँको २९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश कम्पनीको पुष २५ गतेको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*