तीन जिल्लामा राष्ट्रिय बीमा संस्थानको जीवन बीमा अभिकर्ता तालिम सम्पन्न

४ पुष २०७८, आईतवार १६:३०

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले तीनवटा जिल्लामा बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले अभिकर्ताहरुको हकहितका लागि घोराहीका बिराटनगर र जनकपुरमा एकैपटक उक्त तालिम गरेको हो ।

कम्पनीले घोराहीको सिटी पलाज होटेलमा संचालित तालिममा प्रशिक्षार्थिहरु अभिकर्ता सम्बन्धि आधारभूत तालिम सम्पन गरेको हो
घोराही शाखा प्रमुख सुजित प्रसाद शाहको संयोजकत्वमा आयोजित तालिम कार्यक्रमा शाखा प्रमुखले व्यवसाय प्रबर्धन तथा बजारीकरण सम्बधि शिर्षकमा प्रशिक्षन प्रशिक्षण दिएको थियो ।

साथै प्रशिक्षर्थिहरुलाई बुटवल शाखा प्रमुख बिदुर भटराईले तालिमको को अन्त्यमा प्रमाण पत्र बितरण गरेर कार्यक्रमको समापन गरेका थिए ।
यसैगरी बिराटनगर र जनकपुरमा पनि राष्ट्रिय बीमा संस्थानले अभिकर्ता सम्बन्धि आधारभूत तालिम सम्पन गरेको छ । सरकारी स्वामित्वमा रहेको बीमा संस्थानले बजार प्रबर्धन तथा अभिकर्तामा संजालको लागि बढी नै सक्रिय देखिएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*