नेशनल लाइफद्धारा बरिष्ठ अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

४ पुष २०७८, आईतवार १५:४८

काठमाडौं ।  नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने बार्षिक राष्ट्रिय कार्यक्रम यही पौष २ र ३ गते पोखराको ग्रयान्डी होटलमा सम्पन्न गरेको छ ।

कम्पनीको अभिकर्ता बार्षिक कार्यक्रम अन्र्तगत “चियरपर्सन क्लब सदस्य सम्मान” नामक उक्त कार्यक्रममा नेपाल भरबाट आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यवसायिक एजेन्सी लिडरहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले “सम्मान एवं चियरपर्सन क्लब सदस्यता २०७७÷०७८” प्रदान गरेकि छिन् ।

उक्त कार्यक्रममा देशभरबाट आ. व. २०७७/०७८ मा आफ्नो ब्यक्तिगत ब्यवसायको आधारमा एवं एजेन्सी सन्जालको आधारमा प्रथम, द्वितिय र तृतीय हुने सर्वोकृष्ट ६ जना लिडरहरुलाई विशेष सम्मानका साथ कदरपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुने चिफ विजनेश म्यानेजरहरुमा ब्यक्तिगत ब्यवसायको आधारमा मोहन तिमिल्सिना प्रथम, भुपेन्द्र क्षेत्री द्वितिय र युवराज वास्तोला तृतिय भएको थियो ।

यसै गरी अभिकर्ता सन्जालको आधारमा श्रीमती निलु पूर्वे प्रथम,  रत्न बहादुर खत्री द्वितिय र टिका प्रसाद खरेल तृतिय भएका थिए ।

One thought on “नेशनल लाइफद्धारा बरिष्ठ अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

  1. शिवपुजन लोध says:

    म आफ्नो बीमा गर्ने हो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*