सिटिजन लाइफद्धारा घातक रोग बापतको बीमा दाबी भुक्तानी

४ पुष २०७८, आईतवार १२:३१

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले घातक बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको अर्धाखाँची शाखाले घातक रोगको दाबी भुक्तानी वापतको ४ लाख ७८ हजार २७७ रुपैयाँ हस्तान्तरण गरेको हो ।

बीमित २५ वर्षिय नरेन्द्र क्षेत्रिले २०७६ मंसिर महिनामा सिटिजन लाइफको अर्घाखाँची शाखाबाट ५ लाख रुपैयाँको बीमा गरेका थिए । कम्पनीले एक कार्यक्रमका बीच सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर बिक, सिटिजन लाइफ इन्स्योरेन्सका क्षेत्रिय शाखा प्रबन्धक लक्ष्मण मरासिनी, सन्धिखर्क नगरपालिकाका वडा न १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदाली र एजेन्सी म्यानेजर तथा गोल्ड क्लब विजेता राजु खनालले बीमितकी आमा चन्द्रकला खत्रीलाई रकम संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*