सुन तोलामा ४ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

४ पुष २०७८, आईतवार १२:२८

काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन आज तोलामा ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, शुक्रबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*