३२ प्रतिशत लाभांश प्रस्ताव सहित सबैको लघुवित्त साधारणसभा सम्पन्न

४ पुष २०७८, आईतवार ११:४०

सबैको लघुवित्त साधारणसभा सम्पन्न भएको छ। सभाले ३२.६८ प्रतिशत लाभांश पारित गरेको छ । पुस ३ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने ३२.६८ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।

यससँगै, लघुवित्तको सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ३१.०५ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) पाउने भएका छन् ।

साधरणसभाले लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम लेखापरीक्षक नियुक्त गरेको छ ।त्यस्तै, साधरणसभाबाट संस्थापक शेयरधनीको प्रतिनिधित्व हुने गरी संस्थापक समूहबाट सञ्चालकमा सृजना जोशी, नारायण प्रसाद जोशी, जीवमूर्ति पन्त, प्रदीप सिग्देल शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*