एनआईसी एशिया लघुवित्तको कर्मचारीहरुलाई तालिम तथा कार्यशाखा गोष्ठी सम्पन्न

४ पुष २०७८, आईतवार ११:१८

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीहरुलाई तालिम तथा कार्यशाखा गोष्ठी सम्पन्न गरेको छ । कम्पनीले मंसिर २८ गतेदेखि पुष २ गतेसम्ममा सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको विभिन्न स्थानमा उक्त तालिम तथा गोष्ठी सम्पन्न गरेको हो ।

संस्थाले प्रदेश स्तरीय ब्यवस्थापन , शाखा ब्यवस्थापन तथा जोखिम ब्यवस्थापन विषयमा शाखा प्रबन्धक लगायत विभिन्न प्रदेश तथा उप्रदेशका बिभिन्न कर्मचारीहरुलाई सो तालिम प्रदान गरेको हो ।

उक्त सम्मेलनमा संस्थाका सञ्चालक समितिका अध्यक्ष कपिल ढकाल, सञ्चालक समितिका सदस्य तथा जोखीम ब्यवस्थापन समिती संयोजक प्रकाश बराल, प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे र प्रमुख जोखिम अधिकृत विशाल उप्रेतीको प्रशिक्षण साथै संम्बन्धित प्रदेश प्रमुखहरु, प्रदेश उपप्रमुखहरु, कर्जा असुली प्रमुखहरु र शाखा प्रबन्धकहरुको उपस्थीति रहेको थियो ।

१ दिने उक्त सम्मेलनहरुमा जोखिम व्यवस्थापन, जोखिम कम गर्ने विभिन्न रणनिति, ग्राहाक छनोटमा ध्यान दिनु पर्ने कुराहरु, अनुशासन, नेतृत्वकर्तामा हुनु पर्ने गुण, लेखा परिक्षणको महत्व तथा प्रभावकारीता, गा्रहक सदस्यता फारमको महत्व, गुणस्तरीय कर्जा लगानी, उद्यमशीलता बिकास साथै आगामी दिनमा संस्थाको सेवाहरु उत्कृष्ट बनाउनका लागि आवश्यक निति, नियम तथा निर्णयका बारेमा प्रशिक्षण साथै छलफल गरिएको थियो ।

उक्त सम्मेलनहरुमा संस्थाका अध्यक्ष कपिल ढकालले कर्मचारी वर्गले हाल सम्म गरेको कामहरुलेनै संस्थाले विभिन्न परिसुचकमा नं १ बन्ने छलाङ् मार्न सफल भएको बताउदैँ, कर्मचारीहरुलाई विशेष अनुशासनमा रहेर सेवाग्राही वर्गमा सेवा दिन र विपन्न तथा पिछडिएका वर्गहरुमा वित्तीय पहुँच र डिजिटल पहुँचमा महिलावर्गको सहभागिता पनि लघुवित्त कर्मिको काधमा रहेको बताउँदै अगामी दिनमा समेत गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका थिए ।

साथै सोही कार्यक्रममा लघुवित्तका सञ्चाालक समितिका सदस्य तथा जोखीम ब्यवस्थापन समिती संयोजक प्रकाश बरालले दिर्घकालीन ब्यवसाय बृद्धीको लागि सबैजना अनुशाशित, मेहेनती तथा दत्तचित्त भएर लाग्नुपर्नेमा जोडदिदै लघुवित्त क्षेत्रमा देखिएका विभिन्न संचालन तथा कर्जा जोखीममो बारेमा सहभागीहरुलाई थप जानकारी दिदै यस्ता जोखीमहरु न्युनीकरण गर्न चाल्नु पर्ने अल्पकालीन तथा दिर्घकाली रणनितीहरुबारेमा प्रशिक्षित गराएका थिए ।

साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले लघुवित्त क्षेत्रमा बढ्दै गएको विभीन्न समस्या तथा चुनौतिहरुको चर्चा गर्दै कर्जा लगानी तथा कर्जा असुलीमा देखा परेका चुनैतीहरुको कसरी सामना गर्ने तथा सोलााई उचित ब्यवसस्थापन गरी लघुवित्त क्षेत्रमा सस्थालाई कसरी सबैभन्दा उष्कृष्ट संस्थाको रुपमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थालाई कसरी देशकै सबैभन्दा ठुलो , सक्षम, सबल तथा सदस्यहरुमाझ लोकप्रिय बनाउने भन्नेमा सहभागिहरुलाई प्रशिक्षित गराएका थिए । साथै चालिसेले हालसम्म सम्पुर्ण कर्मचारीहरुले गरेको अथक योगदान तथा मेहेनतको कदर गर्दै छोटो समयमै संस्थालाई स्थापित गरी देशकै अग्रणी लघुवित्त वित्तीय सस्थाको रुपमा स्थापित गर्न सहयोग गरेकोमा धन्यबाद समेत प्रकट गरेका थिए ।

साथै स्थापनाको छोटो अवधिमै आफुलाई राष्ट्रिय स्तरको अबल लघुवित्तको रुपमा स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जा लाई प्राथमिकतामा राखि बैंक तथा वित्तीय संस्थाहरुको न्युन उपस्थिति रहेको दुर्गम जिल्लाहरु डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक, बझाङ, बाजुरा, अछाम, दार्चुला, मुगु तथा कालिकोट जस्ता दुर्गम जिल्लाहरुमा समेत शाखा विस्तार गरी वित्तीय पहुँच तथा वित्तीय साक्षरता, सामाजिक जनचेतना लगायतका विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्र्दै आएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*