पाँच जीवन बीमा कम्पनीहरुको तीन अर्ब १५ करोड रुपैयाँ आइपीओ आउन बाँकी, धितोपत्र बोर्ड वैकल्पिक प्रक्रियाबाट अघि बढ्ने

३ पुष २०७८, शनिबार २०:३४

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सोबेन)मा पाँच जीवन बीमा कम्पनीहरुको तीन अर्ब १५ करोड रुपैयाँ आइपीओ निष्काशन बाँकी रहेको छ । सो मध्ये दुई बीमा कम्पनीको आईपिओ पाइपलाइनमा गइसकेको छ भने अन्य कम्पनीको प्रत्रि mया सुरु गर्न तयारी अवस्थामा छन् । अध्यक्ष नहुँदा धेरै कम्पनीहरुको आईपिओ, बोसन शेयर लगायतका विषयहरु अल्झिएपछि धितोपत्र बोर्ड वैकल्पिक उपायबाट अघि बढ्ने तयारी गरेको छ ।

केही नयाँ निर्जिवन बीमा कम्पनीहरुले आइपीओ जारी गरिसकेका छन् । बाँकी ५ नयाँ जीवन बीमा कम्पनीहरु भने आइपीओ निष्काशन गर्न बाँकी छ ।

बोर्डका कामु कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले वैकल्पिक विधिमार्फत ऋणपत्रलाई स्वीकृति दिईसकेको बाँकी कम्पनीहरुलाई पनि स्वीकृति दिने तयारी भइरहेको बीमापोष्टलाई बताए ।

बोर्डमा अध्यक्ष पद रिक्त हुँदा कैयौ कम्पनीको आइपीओ, हकप्रद र ऋणपत्रको पाइपलाईनमा नै रोकिएका छन् । अध्यक्ष नियुक्तका लागि ढिलाई हुने भन्दै बोर्डले कम्पनी नियमावली अन्तर्गत बोर्डको संचालकमार्फत नै पाईपलाईनको अनुमतिका लागि थप प्रकृया अगाडि बढाईन गिरीले बताए ।

पाँच वर्षअघि बीमा समितिबाट स्वीकृति पाएका निर्जिवन बीमा कम्पनीहरुले आइपीओ जारी गरिसकेका छन् भने पाँच जीवन बीमा कम्पनीहरुले तीन अर्ब माथि आइपीओ जारी गरेको तरखरमा रहेको सोबेनले जनाएको छ ।

यस अवधिमा जारी पूँजीको ३० प्रतिशतले हुन आउने शेयर जारी गर्ने लक्ष्यका साथ साधारण सभाबाट प्रस्ताव गरेपनि पाँच जीवन बीमा कम्पनीले भने ३ अर्ब १५ करोड रुपैयाँ बराबरको शेयर भने सर्वसाधारणमा शेयर जारी गर्न बाँकी छ ।

जीवन बीमा कम्पनीहरुमध्ये सिटिजन लाइफ, आईएमई लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्न बाँकी रहेका छन् ।

यी ५ कम्पनीहरुको जारी पूँजी १० अर्ब ५० करोड रहेको छ । जारी पूँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब १५ करोडको शेयर बिक्रीमा आउनेछ ।

शेयर बिक्री गर्नेमध्ये सिटिजन्स लाइफले सबैभन्दा धेरै ७५ करोड रुपैयाँ बराबरको शेयर बिक्री गर्नेछ । आइएमई लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफको समान ६०।६० करोडको शेयर बिक्रीमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*