जीवन बीमक संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

३ पुष २०७८, शनिबार १५:०३

काठमाडौं । जीवन बीमा कम्पनीहरुको पेशागत हकहित लागि गठन भएको जीवन बीमक संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।बसेरा बुटिक होटल, काठमाडौंंमा सम्पन्न दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल र बिशेष अतिथिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको उपस्थिती रहेको थियो ।सभाले आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । सभामा २०७८–०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको बींमक संघले बताएको छ। ।

संघमा आवद्ध जीवन बीमा कम्पनीहरुको वार्षिक सदस्यता शुल्कलाई २५ हजारबाट बृद्धि गरि १ लाख पुर्याउने प्रस्ताव समेत सभाबाट पारित भएको छ।
सदस्यता शुल्क वृद्धि गरेर प्राप्त हुने रकमबाट जीवन बीमक संघले बीमा जनचेतना र अन्य अभिवृद्धि कार्यक्रममा लगाउने बींमक संघले जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*