नेपाल बैंकको वार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित

३ पुष २०७८, शनिबार १४:२८

काठमाडौं । नेपाल बैंक लिमिटेडले ६२ औं वार्षिक साधारण सम्पन्न भएको छ । शुक्रबार संचालक समितिको अध्यक्ष सुमन राज अर्यालको सभापतित्वमा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा सभा सम्पन्न भएको हो ।

उक्त सभा गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित पारित गरेको छ ।साथै सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पनि पारित गरेको छ ।
त्यस्तै सभाले आर्थिक वर्ष २०७८/७९ का लागि चार्टर्ड एकाउण्टेण्ट त्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिर कुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गर्नेलगायत साधारण सभामा पेश भएका अन्य प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।
साधारण सभा र लाभांश वितरणका लागि कम्पनीले मंसिर २१ गते बुक क्लोज गरेको हुदाँ मंसिर २० गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*