ग्लोबल आइएमई बैंकको ६ वटा विदेशी मुद्राका नयाँ खाता संचालनमा

२ पुष २०७८, शुक्रबार १५:५९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु संचालमा ल्याएको छ । बैंकले गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीद्धारा प्रबद्र्धित विदेशस्थित संस्थाहरुलाई लक्षित गरी उक्त खाताहरु संचालमा ल्याएको हो ।

बैंकले ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दति निक्षेप खाताहरु संचालनमा ल्याएको हो । उक्त खाता अमेरिकी डलर, पाउन्ड स्टर्लिङ, यूरो, अस्ट्रेलियन डलर, चाइनिज युआन र जापानिज येनमा खोल्न सकिनेछ । बैंकका अनुसार उक्त खातामा आकर्षक ब्याजदर प्रदान गरिनेछ ।

यस प्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा न्युनतम मौज्दात कायम हुनुपर्नेछ ।

उक्त खाता अन्तर्गत संचालकलाई मोबाइल बैकिङ, इन्टरनेट बैकिङ्ग आदिको शुल्कमा छुट तथा खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिनेछ । साथै कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा समेत छुट प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले संचालकहरुलाई विदेशी मुद्रा नेपालीमा सटही गर्नु परेमा विशेष प्रिमियम प्रदान गरिनेछ । साथै उक्त खाता अनलाइनबाटै पनि खोल्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*