महुली लघुवित्तको साढे ३ हजार कित्ता संस्थापक शेयर आइतबारदेखी बिक्रीमा

२ पुष २०७८, शुक्रबार १४:०३

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आइतबार (पुस ४ गते) देखि संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ हजार ५ सय कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७३५ रुपैयाँ तोकेको छ । जसअनुसार आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी पुस ११ गते भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र पेश गर्दा न्यूनतम ५ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ता माग गर्न सक्नेछन् ।

तोकिएको अवधि भित्र प्राप्त आवेदन पुस १२ गते ११ बजे बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा खोल्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*