आगलागीबाट १२ पसल जलेर नष्ट, ७० लाखको अनुमानित क्षति

२ पुष २०७८, शुक्रबार १३:५१

काठमाडौं । लुम्बिनीमा आगलागी हुँदा १२ वटा उपहार पसलहरु जलेर नष्ट भएका छन् । बिहिबार राती साढे एक बजेतिर लागेको आगलागीबाट उक्त पसलहरु जलेर नष्ट भएको हो ।

पर्यटक लक्षित संचालित उपहार पसल लुम्बिनी शोभिनियर सपका संचालक पिन्टु बानियाका अनुसार त्यहाँ रहेका माला, मूर्ति, ढाका, हस्तकला लगायतका र पसलमा भएका सम्पूर्ण सामानहरु नष्ट हुँदा ७० लाख रुपैयाँ बराबरको क्षति भएको हो ।

उनका अनुसार कवाडी बटुल्ने ब्यक्तिले आगो ताप्न बालेको आगोबाट उक्त १२ पसलमा आगो लागेको हो । आगो लागेको एक घण्टापछि मात्र दमकल आउँदा ठूलो क्षति भएको बानियाले बताए ।

सो घटनाको अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*