राष्ट्रिय बीमा कम्पनीमा ठूलो संख्यामा रोजगारी खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

२ पुष २०७८, शुक्रबार १३:२९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदका लागि रोजगारीको अवसर खुलाएको छ । कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाद्धारा पदपूर्ति गर्ने सम्बन्धमा सूचना प्रकाशित गर्दै २४ जना कर्मचारीको पदपूर्ति गर्न लागेको हो ।

कम्पनीले व्यवस्थापकमा १ जना, सह व्यवस्थापकमा २ जना, नायब ब्यस्थापकमा १ जना, कानून अधिकृतमा १ जना, सूचना प्रविधि अधिकृत १, सहायक व्यवस्थापक ५, सूचना प्रविधि अधिकृत तह ६ अन्तर्गत २, सूचना प्रविधि सहायक १ र सहायक ‘क’ अन्तर्गत ४ र सहायक ‘ख’ अन्तर्गत ६ जना गरी कुल २४ जनाको लागि रोजगारी खुलाएको हो ।

इच्छुक योग्यता पुगेका ब्यक्तिले माघ १ गतेसम्म आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय जनशक्ति व्यवस्थापन विभाग रामशाहपथ, काठमाडौंमा दरखास्त दिन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*