सुन तोलामा १ हजार रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

२ पुष २०७८, शुक्रबार १२:२४

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको । आज बजारमा सुन तोलामा १ हजार रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघको अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैया कायम गरिएको थियो ।
त्यस्तै, बिहिबार प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*