विजय लघुवित्तको साधारण सभा पुस २४ गते, बुक क्लोज कहिले ?

२ पुष २०७८, शुक्रबार ११:३४

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैंठकले सभा गैडाकोट रिसोर्ट गैडाकोट–५ नवलपरासीमा बिहान ११ः३० बजे बस्ने गरी बोलाएको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट २० दशमलव ०३ प्रतिशत बोनश शेयर र १ दशमलव ०६ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव ०९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, सोही आर्थिक वर्षको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवतरण माथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ । त्यस्तै, संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पदमा ४ जना निर्वाचन गर्ने समेत कार्य सूचि रहेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १२ गतेदेखी पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*