‘सानिमा दम्पत्ति बीमा योजना’ बीमित माँझ लोकप्रिय बन्दै

२९ मंसिर २०७८, बुधबार १९:५५

काठमाठौं । सानिमा लाइफ इन्स्योरेन्सले श्रीमान र श्रीमती दुबैको सुरक्षणको लागि सानिमा दम्पति (सावधिक) बीमा योजना सञ्चालन गर्दै आएको छ । कम्पनीले यस बीमा योजनामा दम्पतीको सुरक्षणको लागि एउटै बीमा सुविधा भएकोले बीमितका बीचमा निकै लोकप्रिय बनेको छ ।

यस बीमा योजनाप्रति देशैभरिका बीमितहरुको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ । बीमतिहरुबाट पनि कम्पनीको बीमा पोलिसीमा राम्रो प्रतिकृया आइरहेको समेत कमपनीले जनाएको छ ।

यस योजनाले विभिन्न पेशा व्यवसायमा रहेका मानिसहरुलाई श्रीमान श्रीमतीको अलग अलग बीमा गर्नुपर्ने झण्झटबाट मुक्ति दिएकोले पनि युवा युगल जोडीदेखि पौरखी जोडीहरुको लोकप्रिय बन्दै गएको छ । नयाँ बीमा योजना कम्पनीले झण्झटीले अवस्थालाई निराकरण गर्न यस बीमा योजना ल्याएको जनाएको छ ।

कम्पनीले आर्जन गरेको मुनाफामा हिस्सेदारी पाइने त छँदै छ, सुरक्षा र बचतका लागि पनि यो योजना निकै आकर्षण रहेको छ । यो योजनामा करोडौं रकमको बीमा गर्न पनि पाइन्छ ।

यस बीमा योजनामा न्यूनतम २१ बर्ष देखि ७० बर्षसम्मका बीमितले यस बीमा योजनामा सरिक हुन पाउनेछन् । यस बीमा योजनामा २१ वर्ष उमेर पुगेका मानिसले यो योजनामा सहभागि हुन पाउने छन् । ५० वर्षभन्दा बढी उमेर भएका मानिस भने यो योजनामा सहभागि हुन पाउने छैनन् । यस्तो बीमा १५ देखि ३० वर्षका लागि गर्न सकिन्छ । तर ७० वर्षको उमेर पुग्दासम्म बीमा अवधि सकिइसक्नु पर्ने छ ।

यसरी बीमा गरेपछि बीमा समाप्ति हुने मितिसम्म पति पत्नी दुबै वा कुनै एक जनामात्रै जीवित रहे भने बिमांक रकम र पुरा अवधिको बोनश एकमुष्ट प्रदान गर्ने कम्पनीले जनाएको छ । बीमा अवधिभित्र दम्पत्तीमध्ये कुनै एक जनाको मृत्यु भएका पुरै बिमांक रकम भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।

बीमालेख चालु रहेको अवस्थामा दुबै जना दम्पत्तीको मृत्यु भएका बीमांक बराबरको समानुपातिक बोनश एकमुष्ट रुपमा भुक्तानी हुने छ ।

यो बीमा योजनामा बीमा गरेपछि कम्तिमा दुई वर्षको बीमाशुल्क भुक्तानी गरेपछिमात्रै जोखिम उठाउन तयार हुने छ । त्यसपछि बीमितले चाहेमा समर्पण मूल्य प्राप्त गर्न सक्ने छन् । यस्तो समर्पण मूलयको ९० प्रतिशतसम्म ऋण लिन पनि पाइने छ ।

साथै बीमितले यस बीमा योजना अन्तर्गत ऐच्छिक सुविधा समेत लिन पाउनेछन् । बिमितले यस बीमा योजनामा थप बीमाशुल्क तिरेर पुरक करारको रुपमा दुर्घटना मृत्यु लाभ तथा अपांग र अशक्त सुविधासमेत लिन सक्ने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*