महुली लघुवित्तको साढे १८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

१ पुष २०७८, बिहीबार ०९:३७

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका संस्थापक शेयरधनी राम लगन मंडरले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

संस्थापक शेयरधनी मंडरले आफ्नो नाममा रहेको १८ हजार ६०० कित्ता शेयर बिक्रीका लागि निवेदन दिएअनुसार बिक्रीमा आएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय अग्नीसाइर कृष्णासवरण–६, महुली सप्तरीमा आफुले खरिद गर्न चाहेको कित्ता संख्या खुलाई आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कुनै व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*