नेप्सेमा ३ लघुवित्तको शेयरमूल्य समायोजन, कसको कतिमा खुल्ला कारोबार ?

१ पुष २०७८, बिहीबार ०९:१७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले सर्पोट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो ।

सर्पोट लघुवित्तलले ३० प्रतिशत बोनस शेयर, सूर्योदय लघुवित्तले २० प्रतिशत र वोमी लघुवित्तले २० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज यी तीन लघुवित्तको शेयरमूल्य समायोजन भएको हो ।

सर्पोट लघुवित्तको अघिल्लो दिन कायम २३०० रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य १७६९ रुपैयाँ २३ पैसा कायम गरेको छ ।

त्यस्तै, सूर्योदय लघुवित्तको अघिल्लो दिन कायम १७१३ रुपैयाँ र वोमी लघुवित्तको १६०९ रुपैयाँका आधारमा बोनस शेयर वितरणपछिको शेयरमूल्य नेप्सेले क्रमशः १४२७ रुपैयाँ ५० पैसा र १३४० रुपैयाँ ८३ पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*