मेगा बैंकद्धारा बाह्य लेखापरिक्षक नियुक्त

२९ मंसिर २०७८, बुधबार १७:५८

काठमाडौं । मेगा बैंक लिमिटेडले लेखा परिक्षक नियुक्त गरेको छ । बैंकको मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा सम्पन्न एघारौं वार्षिक साधारण सभाले लेखा परिक्षक नियुक्त गरेको हो ।

उक्त सभाले चार्टर्ड एकाउन्टेन्टस् फर्म एनबीएसएम एण्ड एशोसियट्स, नारायण चउर, नक्साल काठमाडौं, नेपाललाई आव २०७८।०७९ को लागि बाह्य लेखापरिक्षकमा नियुक्त गरेको हो ।

सो पश्चात अब एशोसियट्सले उक्त आवको अडिट रिर्पोट, कर लेखापरिक्षण, कम्पनी ऐन २०६३ को दफा ७८ को प्रमाणिकरण, धितोपत्र बोर्डको संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदनको प्रमाणिकरण लगायत लेखा परिक्षणसँग सम्बन्धित सम्पूर्ण कार्य गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*