उतारचढावकाबीच ४ अंकले घट्यो नेप्से, साढे ४ अर्बमा कारोबार सीमित

२९ मंसिर २०७८, बुधबार १५:२७

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली शेयर बजार पुनः निराशजनक अवस्थामा फर्केको छ । मंगलबार आश्चर्यजनक रुपमा बढेको शेयरबजार आज फेरी ४.२३ अंकले घट्न पुगेको हो ।

मंगलबार १३७ अंक अर्थात ६ प्रतिशतले नेप्से बढ्न पुग्दा ३ बजेभन्दा केही घण्टा अघि नै कारोबार बन्द गरिएको थियो । लगानीकर्ताहरुमा केही उत्साह थपिँदा आज शुन्य दशमलव १७ प्रतिशतले नेप्से परिसूचक घटेर २४१४.६२ विन्दुमा कायम हुँदा लगानीकर्तामा फेरी निराशापन थपिएको छ ।

आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको ९८ लाख ७९ हजार १०९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७७ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये ८ उपसूचक बाहेकका सबै उपसूचक राताम्य भएका छन् । आज सर्वाधिक बढ्ने समूहमा विकास बैंक समूह रहेको छ । सो समूहको ०.९५ प्रतिशत अंकले बढेको हो । त्यस्तै सर्वाधिक घट्ने समूहमा रुपैयाँका आधारमा होटल तथा पर्यटन समूह रहेको छ । सो समूहको ५३ रुपैयाँ २८ पैसाले घटेको हो ।

त्यस्तै, आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ भने विव्यशोही हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*