बैंक र हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२९ मंसिर २०७८, बुधबार १५:१०

काठमाडौं । साताको चौथो दिन नेप्सेमा सूचिकृत २२८ कम्पनीको ९८ लाख ७९ हजार १०९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७७ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार शेयर बजारमा आश्चर्यजनक छछाल आएकोमा आज फेरी ४.२३ अंकले घट्न पुगेको छ । हिजो नेप्सेमा हरियाली छाउँदा लगानीकर्ताहरुमा उत्साह थपिएको थियो । आज पुनः शुन्य दशमलव १७ प्रतिशतले घट्दा लगानीकर्तामा निराशापन थपिएको छ ।

नेप्से परिसूचक झिनो अंकले घटेपनि आज महालक्ष्मी विकास बैंकको सर्वाधिक काराबार भएको छ । बैंकको आज एकैदिन १६ करोड ५८ लाख ६२ हजार ८३ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नेशनल हाइड्रोपावरको १५ करोड ८४ लाख, अपि पावर कम्पनीको १३ करोड ८८ लाख, नबिल बैंकको १३ करोड २९ लाख र हिमालयन डिस्टिलरीको १२ करोड ७८ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*