सनराइज बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

२९ मंसिर २०७८, बुधबार १४:१२

काठमाडौं । सनराइज बैंक लिमिटेडको लाभाश सुरक्षित गर्ने भोलि (पुस १ गते) अन्तिम दिन रहेको छ ।

बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस ४ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो । पुष २ गते शुक्रबार र ३ गते शनिबार परेको हुँदा भोलिसम्म कायम शेयरधनीले मात्र बैंकको प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुुनाफाबाट शेयरधनीहरुलाई ६ दशमलव ६५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सोही प्रतिशत लाभांश पारित गर्न कम्पनीले पुष १५ गते आम्रपाली ब्याङ्क्वेट बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे भर्चुअल माध्यमबाट बस्ने गरी १४औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*