नेष्डो समृद्ध लघुवित्तको प्रगति समिक्षा गोष्ठी सम्पन्न

२९ मंसिर २०७८, बुधबार १३:२६

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठी सम्पन्न गरेको छ । कम्पनीले विभिन्न जिल्लाका शाखाहरुलाई समेट्दै समिक्षा गोष्ठी सम्पन्न गरेको हो ।

संस्थाले चितवनको सौराहामा र तनहुँको वन्दीपुरमा उक्त गोष्ठी सम्पन्न गरेको हो । संस्थाले हरेक कलष्टर तहमा चौमासिक गोष्ठी गर्दै आएको छ । चितवनको सौराहमा सम्पन्न भएको गोष्ठीमा चितवन, नवलपुर र नवलपरासी गरी तीन जिल्लाका १५ वटा शाखाको सहभागिता हरेको थियो ।

त्यस्तै, तनहुँको वन्दीपुरमा सम्पन्न भएको गोष्ठीमा तनहुँ, लमजुङ र गोरखा गरी तीन जिल्लाका १२ वटा शाखाको सहभागीता रहेको थियो । उक्त समिक्षामा विभिन्न शाखाहरुको वार्षिक लक्ष्य र आवधिक प्रगति प्रस्तुत गरी बाँकी लक्ष्य पुरा गर्ने रणनीतिको बारेमा छलफल गरिएको थियो ।

गोष्ठी शाखाहरुको प्रगति समिक्षा गर्दै संस्थाका प्रबन्ध संचालक विश्व प्रकाश प्रसाईले लघुवित्त सेवा शुद्ध व्यवसाय नभई सामाजिक उद्यम भएकोले हकवाला विपन्न वर्गको हितलाई केन्द्रविन्दुमा राखेर सेवा दिनुपर्ने बताएका छन् । साथै संस्थाको दोहोरो उपस्थिति, कोभिड लगायतका समस्या आदिको कारणले लघुवित्त कारोबारको गुणस्तरमा कमी आएको भन्दै परम्परागत सेवा शैलीमा परिवर्तन ल्याउनुपर्नेमा जोड समेत दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*