जानकी फाइनान्सको संस्थापक शेयर बिक्रीमा

२९ मंसिर २०७८, बुधबार १२:३२

काठमाडौं । जानकी फाइनान्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी आवेदन दिन सकिने छ ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाइ बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*