मल्टिपर्पस फाइनान्सले शेयरधनीलाई १३ प्रतिशत लाभांश दिने

२९ मंसिर २०७८, बुधबार ११:३९

काठमाडौं । मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधीहरुलाई लाभांश दिन प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*