नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा मह जोडी नियुक्त

२९ मंसिर २०७८, बुधबार ११:२६

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटिसी)को ब्राण्ड एम्बेस्डरमा लोकप्रिय हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मह जोडी नियुक्त भएका छन् ।

नेपाल टेलिकम केन्द्रीय कार्यालयमा भएको उक्त सम्झौतामा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, कलाकारद्धय मह जोडी र कलाकारद्धयको मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात मह जोडीले अब नेपाल टेलिकमका सेवाको प्रचारात्मक कार्य, ब्राण्ड प्रवद्र्धन तथा ब्राण्ड संरक्षणसम्बन्धी कार्य गर्नेछन् । उक्त सम्झौता एक वर्षका लागि गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*