बुटवल पावर कम्पनीद्धारा २० प्रतिशत लाभांश घोषणा, बुकक्लोज कहिले ?

२९ मंसिर २०७८, बुधबार ११:०२

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभाांश वितरण गर्न लागेको हो ।

कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को संचित मुनाफाबाट चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभाांश वितरण गर्ने निर्णय गरेको हो ।

साथै संचालक समितिको सोही बैठकले साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) पुष ९ गतेदेखि पुष २६ गतेसम्म गर्ने निर्णय गरेको छ । जसअनुसार पुष ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

सोही प्रतिशत लाभांश पारितका लागि कम्पनीले पुष २६ गते कम्पनीको रजिष्टार्ड कार्यालय बानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी २९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*