लोकसेवाद्धारा शाखा अधिकृत सहित २८४ जनाको लागि आवेदन खुल्ला, यस्तो छ आवेदन दिने तरिका

२९ मंसिर २०७८, बुधबार १०:५३

काठमाडौं । लोकसेवा आयोगले तृतीय श्रेणी अन्तर्गत शाखा अधिकृत वा सो सरहको पदमा आवेदन खुल्ला गरेको छ । आयोगले शाखा अधिकृत वा सो सरहको पदमा २८४ जनाको लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको सूचना सार्वजनिक गरेको हो ।

आयोगले शाखा अधिकृत वा सो सरहको राजपत्रांकित तृतीय श्रेणिअन्तर्गत न्याय सेवा अप्राविधिकमा ७० जना र परराष्ट्र, प्रशासन, लेखापरीक्षण, संघीय संसदमा २१४ जना गरी कुल २८४ जनाको लागि आवेदन खुल्ला गरेको हो ।

इच्छुक ब्यक्तिले पुष २० गते र दोब्बर दस्तु तिरेर पुष २७ गतेसम्म आयोगको वेबसाइट http://psconline.psc.gov.np/ मा गएर आवश्यक कागजात अपलोड गरी दरखास्त दिन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*