सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

२९ मंसिर २०७८, बुधबार ०९:५९

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (मंसिर २९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १ गते बुक क्लोेज गर्ने भएसँगै मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुले ३० प्रतिशत बोनश शेयर र १ प्रतिशत ५७८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

उक्त प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस १० गते साधारण सभा बोलाएको छ । सभा बिहान ९ बजे बगान फेमिली रेष्टुरेन्ट एण्ड लाउन्ज बार इटहरीमा बस्ने गरी आव्हान गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*