भक्तपुरका किसान कृषि बीमा सेवाप्रति हैरान

२८ मंसिर २०७८, मंगलवार २०:३०

काठमाडौं । भुक्तपुरको चाँगुनारायण नगपालिकामा बीमा समितिले बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। बीमा समितिका उप नर्देशक सन्तोष कार्कीको नेत्तृवमा आज कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगरपालिका मेयर सोम प्रसाद मिश्र उपस्थिती रहेको थियो ।

साथै उक्त जिल्लाका उपमेयर विणा वास्तोला, वडा अध्यक्षहरु, उद्योगी व्यवसायी, विधाथी र स्थानीयहरुको सहभागी रहेको थियो । कार्यक्रममा सहभागी स्थानीयहरुले कृषि बीमाको बारेमा भएका समस्याहरुको बारेमा बीमा समितिलाई ध्यानकर्षर्ण गराएका थिए । यस्ता समस्या निराकरण नभएमा कृषि तथा पशुपन्छीहरुको बारेमा आगामी दिनमा यस्ता कार्यक्रम प्रति स्थानियको चासो नरह्ने बताएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*