सीजी ब्रुअरीले ल्यायो नेपालमा पहिलो पटक जाडोका लागि उत्कृष्ट टिमुर बियर

२८ मंसिर २०७८, मंगलवार २०:१०

काठमाडौं  । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्रुअरीले नेपालमा पहिलो पटक टिमुर बियर बजारमा ल्याएको छ । नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आईस’ ब्राण्ड अन्र्तगत टिमुर बियर उत्पादन गरिएको हो ।

यो बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको समिश्रणबाट तयार पारिएको छ । सीजी ब्रुअरीले बेला बेलामा आप्mना बियरका पारखिहरूका लागि फरक तथा उत्कृष्ट स्वादमा बियर उत्पादन गर्दै आएको छ । यस्ता उत्पादन उपभोक्तावीच अत्यन्तै लोकप्रिय सावित हुदै आएका छन् । टिमुरको स्वादमा उत्पादन गरिएको योे वियरले उपभोक्तालाई भरपुर सन्तुष्टि दिने विश्वास कम्पनीको छ ।

नेपाली समाजमा परम्परादेखि टिमुरलाई चिसोबाट जोगिनका लगि उपभोग गरिदै आएको छ । टिमुरको समिश्रणबाट उत्पादित यो बियर जाडो मौसममा पिउनका लागि उत्कृष्ट मानिएको छ । यो बियर ६५० मि.लि. र ३३० मि.लि. बोतलमा बजारमा उपलब्ध छ । ६५० मि.लि. प्रति बोतलको उपभोक्ता मुल्य रू.३४०/– र ३३० मि.लि. बोतलको उपभोक्ता मुल्य रू.१७५÷– कायम गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*