निफ्राको साधारण सभा भोलि बस्ने, ८ प्रतिशत लाभांश पारित मुख्य एजेण्डा

२८ मंसिर २०७८, मंगलवार १६:४२

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को साधारण सभा भोलि (मंसिर २९ गते) बस्दैछ । सभा बिहान ९ बजे अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेंट बत्तिसपुतली काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनश शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि मंसिर ९ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ मंसिर ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्नेसक्ने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*