कृषि विकास बैंकको दुई ऋणपत्र नेप्सेमा सूचिकृत

२८ मंसिर २०७८, मंगलवार १६:०३

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको दुई ऋणपत्र आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । बैंकको ९ वर्ष र ८ वर्ष अवधिको वार्षिक ४ प्रतिशत ब्याजदर भएको ‘कृषि ऋणपत्र’ आज सूचिकृत भएको हो ।

अंकित मूल्य १००० रुपैयाँको ९ वर्ष अवधि रहेको ऋणपत्रको ३४ लाख २६ हजार ९७५ कित्ता र ८ वर्ष अवधि रहेको ६० लाख कित्ता ऋणपत्र आज सूचिकृत भएको हो ।

सूचिकृतपश्चात उक्त ऋणपत्र भोलिदेखि नै धितोपत्र बजारमा लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*