यी हुन दुई घण्टामा लगानीकर्ताहरु मालामाल बनाउने ६० कम्पनी, एकै दिन २१२ कम्पनीको शेयर मूल्य बृद्धि

२८ मंसिर २०७८, मंगलवार १४:२४

काठमाडौं । शेयर मार्केटलाई त्यतिकै जुवा भनिएको होइन । आज विहान १०ः५९ बजेसम्म निराश रहेका ६० वटा पब्लिक कम्पनीका लगानीकर्ताहरु अपरान्ह दुई बज्दा नबज्दै मालामाल भइसकेका थिए । शायद कतिपयले आश्चर्यजनक समाचार सुनेर नपत्याएको पनि हुनसक्दछ ।

कोरोना महामारीबाट थलिएको नेपाली पुँजि बजारमा सुखद खवर पाउने गरी ६० वटा कम्पनीको शेयरमा मूल्यबृद्धि भएको छ । आज एकै दिन २१२ वटा कम्पनीको शेयर मूल्यमा बृद्धि भएको छ । नेप्सेका अनुसार ६० वटा कम्पनीको मूल्य १० प्रतिशतले बृद्धि भएको छ ।

सो कम्पनीहरुको सूचिमा नेपाल पुनर्बीमा कम्पनी समेत परेको छ । नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य ११३१ रुपैयाँबाट बृद्धि भई १२३९.९० रुपैयाँ पुगेको छ । त्यस्तै, आज उच्च मूल्यबृद्धि हुने अन्य बीमा कम्पनीहरुमा एनएलजी, ज्योति लाइफ, रिलायन्स लाइफ र एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेका छन् । त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, सानिमा जनरल इन्स्योरेन्स कम्पनीलगायत रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*