यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

२८ मंसिर २०७८, मंगलवार १४:११

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार आश्चर्यजनक रुपमा बढेको छ । आइतबार र सोमबार उच्च अंकले घटेको शेयर बजार आज ह्वात्तै बढ्न पुगेको छ ।

मंगलबार शेयर बजार खुलेको केही समयमा सर्किट लाग्दा ४० मिनेटको लागि बन्द गरिएको थियो । ४० मिनेट खुलेपछि केही बेरमा नै ६ प्रतिशतले मूल्य बृद्धि भएपछि आजको लागि कारोबार नै बन्द हुन पुगेको हो ।

आज नेप्सेमा सूचिकृत २२० कम्पनीको ४० लाख ८५ हजार ९५६ कित्ता शेयर किनबेच भएको छ । मंगलबार नेप्से १३७.१८ अकंले बढ्दा १ अर्ब ८४ करोड २६ लाख ४७ हजार १४४ रुपैयाँ माथिको कारोबार भएको छ ।

सोही अंकले नेप्से बढ्दा आज ६० वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नेशनल हाइड्रोपावर, विशाल बजार कम्पनी, नेपाल फाइनान्स, बेष्ट फाइनान्स, गुडवइल फाइनान्स, सेन्ट्रल फाइनान्ससहित ६० वटा कम्पनीको शेयरमा सर्किट लागेको हो ।

साथै ६० वटा कम्पीको शेयरमा सर्किट लाग्दा आज दुई कम्पनीको शेयरमूल्य भने घट्न पुगेको छ । आज गुमाउने कम्पनीहरुमा नबिल ब्यालेन्सड् फण्डको ०.२१ प्रतिशत र कुमारी इक्वाटी फण्डको ०.११ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*