नेप्सेमा उछाल आउँदा आज यी हुन सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२८ मंसिर २०७८, मंगलवार १३:५५

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा उछाल मच्चिएको छ । लगातार उच्च अंकले घटेको शेयर बजारमा आज सर्किट लागेर कारोबार बन्द हुन पुगेको हो । नेप्सेमा उछाल मच्चिएको दिन नेपालकै पहिलो नम्वरको बैंक नबिलको शेयर कारोबार सबैभन्दा धेरै भएको छ ।

आज नेप्से परिसूचक ६ प्रतिशत अर्थात् १३७ दशमलव १८ अंकले बृद्धि भएर २४१८.८५ विन्दुमा पुगेको छ । नेप्सेमा सूचिकृत २२० कम्पनीको ४० लाख ८५ हजार ९५६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८४ करोड २६ लाख ४७ हजार १४४ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा आज नबिल बैंक रहेको छ । बैंकको आज एकैदिन ९ करोड ८ लाख ३ हजार ६९५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेशनल हाइड्रोपावरको ७ करोड ९ लाख, आइसिएफसि फाइनान्सको ५ करोड ६ लाख, अपि पावर कम्पनीको ४ करोड ६ लाख र अरुण काबेली पावरको ४ करोड ५ लाख रुपैैयाँ भन्दा माथिको कारोबार भएको छ ।

त्यस्तै, अरुण कावेली, हाईड्रोइलेक्ट्रीसिटी, माछापुच्छ्रे बैंक, मञ्जुश्री फाइनान्स, हिमालयन डिस्टिलरी नेपाल पुनर्बीमा कम्पनी आजका सर्वाधिक कारोबार हुने १० कम्पनीमा समेटिएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*