नेप्सेमा आजका लागि कारोबार बन्द, लगातार मूल्यबृद्धि थाम्न नसकेर नेप्सेमा दोस्रो पटक पोजेटिभ सर्किट

२८ मंसिर २०७८, मंगलवार १३:३३

काठमाडौं । नेप्सेमा लगातार मूल्यबृद्धि थाम्न नसकेर आजको लागि कारोबार बन्द गरिएको छ । पहिलो पटक सर्किट लागेको नेप्से ४० मिनेटको लागि बन्द भएको थियो ।

४० मिनेटपछि खुलेको केही बेरमा नै ६.०१ प्रतिशतले मूल्यबृद्धि भएपछि आजको लागि कारोबार नै बन्द भएको हो ।

आजको लागि कारोबार बन्द हुँदा नेप्से १३७.१८ अंकले बृद्धि भई २४१८.८४ को बिन्दुमा नेप्से पुगेको छ । आज एक अर्ब ८४ करोड २६ लाख ४७ हजार १४४ रुपैयाँको शेयर कारोबार भएको छ । साताको तेस्रो दिन मंगलबार २९ हजार वटा कारोबारमार्फत ४० लाख ८५ हजार ९५६ कित्ता शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै विकास बैंकको ९.२० प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, फाइनान्स कम्पनीको ८.६२ प्रतिशतले बृद्धि भएको छ भने जलविद्युत कम्पनीको ७.८४ प्रतिशतले बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*