प्रभु लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

२८ मंसिर २०७८, मंगलवार १३:२९

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजनाकासाथ सम्पन्न गरेको छ ।संचालनमा आएको पाँचौ वर्ष पुरा भई पाँचौं वर्षमा प्रवेशमा प्रवेश गर्दै गर्दा कम्पनीले उल्लेख्य प्रगति गर्दै अघि बढिरहेको छ कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ असार ८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा स्टार लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा पब्लिक लिमिटेडको रुपमा दर्ता भएको कम्पनी हो ।

२०७४ मंसिर ६ गतेदेखि साविकको स्टार लाइफ इन्स्योरेन्सको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नु ब्यहोर्नुपर्ने कर दायित्व आदि परिवर्तित नाम प्रभु लाइफ इन्स्योरन्स लिमिटेडमा सर्ने गरी निर्णय भई प्रभु लाइफ इन्स्योरेन्सको औपचारिक रुपमा जन्म भएको थियो ।

कारोबार सुरु गर्नुअघि नै लामो इतिहास रहेको प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट अनुमति लिई २०७४ मंसिर २८ गते अर्थात आजकै दिनबाट औचापरिक रुपमा जीवन बीमा कारोबार सुरु गरेको थियो ।चौथो बार्षिकोत्सवको अवसरमा सिईओ नारायण प्रसाद पौडेलले जनताको विश्वाससहितको गुणस्तरीय बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

कम्पनीले यसै उत्सव पारेर आफ्नो वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष निम्न आयस्तर भएका अभिभावकका वालवालिकाहरुका शिक्षाको लागि यथासक्य योगदान गर्ने कार्यक्रम संचालन गरेको छ ।

उल्लेखित उदेश्य अन्तर्गत कम्पनीले नेपालका ७७ जिल्ला भरी कूल ८० विद्यालय संचालन गरिरहेको समता शैक्षिक गुठीलार्ई ५ लाख रुपैयाँ सहयोग गरेको छ । कार्यक्रममा, उक्त विद्यालयका निर्देशक  दिपक संजेल, क्याम्पस प्रमुख श्री अजय अधिकारी, शिक्षक शिक्षिका, कक्षा ८, ९ र १० का विद्यार्थीहरु तथा अन्य कर्मचारीहरुको उपस्थितिमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सहयोग रकम हस्तान्तरण गरेको थियो । कार्यक्रममा कम्पनीका ब्यवस्थापन समुहका सबै सदस्यहरुको उपस्थिति रहेको थियो ।

गत वर्ष पनि यसैगरी कम्पनीले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सम्पूर्ण ट्राफिक कर्मचारीहरुका लागि कोभिड १९ बाट बच्नका लागि तयार पारिएको मास्क, स्यानिटाईजर तथा हात धुने साबुन भएको किट बितरण गरेको थियो । सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुले समेत आ–आफ्नो क्षेत्रका ट्राफिक कार्यालय, विद्यालय वा सार्वजनिक स्थानमा सो किटहरु बितरण गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*