क्र्यास भएको पुँजि बजारमा एकाएक ११४ अंकको बृद्धि, नेप्सेमा पोजेटिभ सर्किट, के हुँदैछ ?

२८ मंसिर २०७८, मंगलवार १३:०४

काठमाडौं । लगातार घटेर लगानीकर्तालाई नै निराश बनाएको नेप्सेमा आज चमत्कारिक उछाल आएको छ । नेपालको एक मात्र धितोपत्र कारोबार हुने नेप्सेमा आज दुई घण्टामा ११४.२५ अंकले बृद्धि भएको छ । आज पाँच प्रतिशतभन्दा भन्दा बढिले शेयर मूल्य बृद्धि भएपछि नेप्सेमा ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

यो साताको दुई दिन उच्च अंकले घटेको नेप्से आज एकै पटक चमत्कारिक रुपमा बृद्धि हुनुलाई लगानीकर्ताले घटेको मौका पारेर धेरै कारोबार गरेको हुनसक्ने अनुमान गरिएको छ । तर कारोबार रकम हुँदा शेयर बजारका माफियाहरुले आफूसँग भएको ठूलो मात्रामा शेयर बिक्री गर्न कर्नरिङ गरेर मूल्य बढाएको पनि हुनसक्ने देखिएको छ । यद्यपि आजको उच्च अंकको बृद्धिले लगानीकर्ताहरुमा आशा पलाएको छ ।
लगातार घटेर २३०० बाट तल झरेको नेप्से आज एकै पटक २४०० नजिक पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*