नबिल बैंकद्धारा ‘नबिल एसएसई फेलोशिप प्रोगाम’ घोषणा

२८ मंसिर २०७८, मंगलवार १३:००

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल एसएसई फेलोशिप प्रोगाम’ घोषणा गरेको छ । बैंकले त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरी उक्त फेलोशिप कार्यक्रम गर्न लागेको हो ।

यो फेलोसिप कार्यक्रम आवासीय तालिममा आधारित हो । यस फेलोसिपमा एक वर्षसम्मको आवश्यक सहयोग सहित ४० सहभागिलाई संलग्न गराइनेछ । ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।

साथै यो कार्यक्रममा सहभागि हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिहरुलाई उद्यमशीलताको तालिम दिइने छ ।

सो तालिम अर्थात् फेलोशिपमा उपस्थित हुनेहरुका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध हुनेछ । संभाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरु यो कार्यक्रममा सहभागि हुन सक्नेछन् ।
उक्त फेलोशिपमा सहभागी हुन चाहाने इच्छुक ब्यक्तिले बैंकको वेबसाइट https://www.nabilbank.com/ मार्फत् पुष ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*