सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बर्दियाको सानोश्रीमा

२८ मंसिर २०७८, मंगलवार ११:४७

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले थप एक नयाँ शाखा बिस्तार गरेको छ । बैंकले बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं. ६ सानोश्रीमा नयाँ शाखा शुभारम्भ गरेको हो ।

बिस्तारित शाखा कार्यालयबाट बैकले दिदै आइरहेका विभिन्न बैंकिङ सेवा सुविधा अझ सरल र सहज रुपमा प्रदान गरिने जनाएको छ । हाल बैंकले देशभर १०५ वटा शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरु बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*