इस्टर्न हाइड्रोपावरले करिब साढे १२ करोडको आइपीओ निष्काशन गर्ने

२८ मंसिर २०७८, मंगलवार ११:१७

काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता आइपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो ।

बोर्डबाट स्वीकृति प्राप्त भएपश्चात् कम्पनीले सर्वसधारणका लागि आइपीओ जारी गर्नेछ । कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित स्थानीयका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्नेछ ।

कम्पनीेका शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*