३ कम्पनीको साधारण सभा आज बस्दै

२८ मंसिर २०७८, मंगलवार ११:०१

काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा आज (मंसिर २८ गते) हुँदैछ । मेगा बैंक लिमिटेडको ११ औं, आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं र सोल्टी होटल लिमिटेडको ४७ औं वार्षिक साधारण सभा आज बस्ने भएको हो ।

मेगा बैंकको ११ औं वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः१५ बजे हुनेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण माथि छलफल र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्ने संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गर्नेछ । साथै, चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत निर्धारण गर्ने लगायतका एजेण्डा रहेका छन् ।

बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि बैंकले मंसिर १४ गते एक दिनकका लागि बुक क्लोज गर्ने भएकाले मंसिर १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउने छन् ।

त्यस्तै, आइएमई लघुवित्तको सभा कास्कीको होटल पोखरामा बिहान १० बजे बस्नेछ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २८ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण प्रस्ताव समेत रहेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले मंसिर १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिने र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

त्यस्तै, सोल्टी होटल लिमिटेडले ४७ औं वार्षिक साधारण सभा आज हुदै छ । उक्त सभा कम्पनीको आफ्नै रजिष्टार्ड कार्यालय ताहाचल काठमाडौंमा बिहान ११ बजे भर्जुअल माध्यमबाट हुनेछ ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालुु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव आगाडि सारेको छ । साथै, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन र स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि मंसिर ६ गतेदेखि २८ गते सम्म बुक क्लोज गर्ने हुदा मंसिर ५ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*