नेपाल पुनर्बीमा कम्पनीको छैठौं साधारण सभा पुष २२ गते, बुकक्लोज कहिले ?

२८ मंसिर २०७८, मंगलवार १०:३७

काठमाडौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको मंसिर २७ गते बसेको बैठकले सभा पुष २२ गते बिहिबार कार्की ब्याङ्क्वेट, बबरमल, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको हालको चुक्तापूँजी १० अर्ब रुपैयाँको १६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद लाभांश गरी कुल १९ प्रतिशत लाभांश पारित गर्नेछ । साथै १० अर्ब चुक्तापूँँजीबाट बृद्धि गरी ११ अर्ब ६५ करोड चुक्तापूँजी पुर्याउने विषयलाई संशोधन गर्नेछ ।

त्यस्तै, संचालक समितिको बैठक भत्ता लगायतका सुविधामा बृद्धि गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र।नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने जस्ता सभाको विशेष प्रस्ताव रहेका छन् ।

त्यस्तै, सोही सभाले आव २०७६।०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, २०७७ असार मसान्तसम्मको वासलात, आव २०७६।०७७ को नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।

आव २०७७।०७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट २ जना कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुष १४ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ । जसअुनसार पुष १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*